अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ४ कार्तिक । आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ३ सयले बढेर प्रतितोला ९१ हजार ७ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेर प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।