समाचार

काठमाडौँ उपत्यकामा थप २१४ जनामा कोरोना पुष्टि



काठमाडौँ, ४ कार्तिक । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २१४ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा १४७, भक्तपुरमा १६ र ललितपुरमा ५१ गरी २१४ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै काठमाडौँ उपत्यकामा २४८५ सक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौँमा १२८०, भक्तपुरमा ५७७ र ललितपुरमा ६२८ सक्रिय संक्रमित छन् ।

 त्यस्तै आज देशभर ५ सय ४५ जनामा कोरोना पुष्टि भएका छन भने ७ सय २६ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयलर जनाएको छ ।