अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, ५ कार्तिक । आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन स्थिर रह्दै प्रतितोला ९१ हजार ७ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।