बझाङ, ६ कार्तिक । बझाङकी एक किशोरीले सेती नदीमा हाम्फालेर बेपत्ता भएकी छन् ।
आज सुर्मा गाउँपालिका-४ भेलादकी १९ वर्षीया सीमाकुमारी बोहराले सदरमुकाम चैनपुरनजिकै रहेको सेती नदीमा हाम्फालेको प्रहरीले जनाएको छ । उनले हाम्फाल्नुको कारण खुलेको छैन । बेपत्ता किशोरीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्