समाचार

काठमाडौँका कुख्यात चोर पक्राउ



काठमाडौँ, ६ कार्तिक । काठमाडौँका कुख्यात चोरलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न ८ स्थानमा चोरी गर्ने कार्यमा संलग्न रहेको चोरलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौँ कोटेश्वर बस्ने रामेछाप दोरम्बा गाउँपालिका-९४ घर भएका ३१ वर्षीय कमल थापा मगर रहेका छन् । मगरले उपत्यकाभित्र रातको समयमा विभिन्न सहकारी तथा वित्तीय सङ्घसंस्थाहरू र घरमा मानिसहरू नभएको मौका पारी ढोका फोडी नगद तथा सुन चाँदीका गहना चोरी गर्ने गरेको प्रहरीको भनाइ छ ।

पक्राउ परेका उनलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।