झापा, ७ कार्तिक । झापामा ट्रक र मोटरसाइकल ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।
गए राति लक्ष्मीपुर सडकखण्डमा प्रदेश १-०१-००१ ख ३५२० नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको मे ५ प ८४७२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका ३ का २७ वर्षीय निश्चल खनालको मृत्यु भएको हो ।
ट्रक चालक बुद्धशान्ति गाउँपालिका ३ का ४४ वर्षीय लक्ष्मीप्रसाद सिवाकोटीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्