पाल्पा, ७ कार्तिक । नेकपा एमालेको केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले अबको युग एमाले र केपी ओलीको युग भएको दावी गर्नुभएको छ ।
एमालेको दसौँ महाधिवेशनको सुरुवाती चरण अन्तर्गत शनिवार सम्पन्न भएको वडा अधिबेशन अन्तर्गत पाल्पा जिल्ला तिनाउ गाँउपालिका अन्तर्गत ६ वटा वडाको अधिबेशन तथा अनेम संघ र राष्ट्रिय युवा संघ नेपालको भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले नेपाल र नेपाली जनताको लागि एमाले र केपी ओली राजनेताको रुपमा रहेको स्पट पार्नुभयो । मुलुकको नेतृत्व एमाले र केपी ओलीले मात्र वर्तमान अवस्थामा जनताको तिव्र विकास र चाहना प्रतिको सपनालाई यथार्थमा रुपान्तरण गर्ने नेता भएको उल्लेख गर्दै नेता बस्नेतले सूर्य रहुन्जेलसम्म जनताको मन मस्तिस्कमा एमाले रहने दावी गर्नुभयो । ‘अबको युग केपी ओलीको हो, एमालेको युग हो ।’ उहाँले भन्नुभयो, ‘जवसम्म सूर्य रहन्छ त्यो दिनसम्म एमाले जनताको बिचमा रहन्छ ।’
जनताको तिव्र विकास र समृद्धिको यात्राको नेतृत्वकर्ता तथा कल्पनाकार केपी ओलीले भएको दावी गर्दै नेता बस्नेतले नेपाल र नेपाली जनताले आधुनिक विकास र समृद्धिको यात्रा कोर्न सफल भएको र मुलुक विकासित र परिस्कृत हुँदै गएको उल्लेख गर्नुभयो । परि ओयो भने युवा तथा अनेमसंघले जस्तोसुकै आन्दोलनको आँधिवेरी ल्याउन सक्ने तागत रहेको उल्लेख गर्दै नेता बस्नेतले युवा संघ तथा अनेमसंघ सडकमा निस्कियो भने सरकारको सातो जाने गरेको सविस्तार प्रस्तुत गर्नुभयो ।
एमालेले पार्टी सदस्यता अनलाईन प्रणालीको विकास गरेको जानकारी गराउँदै नेता बस्नेतले सूचना प्रविधिको युगलाई सदुपयोग गर्दै आधुनिक तवरले युवा पुस्ता अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । प्रविधिको अधिकतम प्रयोग गर्नुपर्नेमा जोड दिँदै नेता बस्नेतले प्रविधिको विकाससँगै आधुनिकतामा रुपान्तरण गर्दै उद्योगको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले नेतृत्व गर्नुभएको अनेमसंघले दशकौंको लामो संघर्षपछि महिलाको हक र अधिकारलाई संविधानमा सुरक्षित राख्न सफल भएको स्मरण गराउँदै नेता बस्नेतले लामो संघर्षबाट प्राप्त संविधानमा उल्लेखित समानताको लागि व्यवहारिकतामा लागु गर्ने अनेमसंघ र युवा संघले नेतृत्व गर्नुपर्नेमा जोड दिनुभयो ।
एमालेका युवाहरु रहरलाग्दो, भरलाग्दो र आवश्यक पर्दा डर लाग्दो समेत हुनुपर्नेमा जोड दिँदै नेता बस्नेतले समानताको साथमा एमालेका नेता तथा कार्यकर्ता सिर्जनशिलता, रचनात्मक, अध्ययनशिलता हुन जरुरी रहेको बताउनुभयो । जहाँ समस्या, त्यहाँ समाधान गर्न सक्ने एमालेको कार्यकर्ताको पहिचान हुनुपर्ने उल्लेख गर्दै नेता बस्नेतले कानुनलाई हातमा लिने नभई साथमा लिएर अराजक गतिविधि गर्ने माओवादीलाई युवा संघले तह लगाउन पछि नपर्ने चेतावनीसमेत दिनुभयो ।










प्रतिक्रिया दिनुहोस्