समाचार

पाँचथरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ६२ घाइते



पाँचथ, ८ कार्तिक । पाँचथरको फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटना हुदा २ जनाको  मृत्यु भएको छ भने ६२ जना घाइते छन् ।

घाइतेमध्ये १५ जना बालबालिका छन् । घाइतेमध्ये जिल्ला अस्पतालमा उपचाररत चार जनालाई झापा रेफर गरिएको जिल्ला अस्पतालका सूचना अधिकारी नारायण जोशीले जानकारी दिए ।

पाँचथरको फिदिम नगरपालिका–४ शिवादोभानबाट झापाका लागि छुटेको को १ ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका–४ शान्तिपुर (सरखण्ड) मा आज दिउँसो साढे ११ बजेतिर सडकबाट खसेर दुर्घटनामा भएको थियो ।

गम्भीर घाइतेहरूलाई सुविधा सम्पन्न अस्पताल लानका लागि एम्बुलेन्सको अभाव भएको प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले जानकारी दिए ।