समाचार

काठमाडौँको सोल्टीमोडमा रहेको ट्रेनिङ सेन्टरमा आगलागी



काठमाडौँ, ९ कार्तिक । काठमाडौँ सोल्टीमाेडमा रहेको गिफ्ट ट्रेनिङ सेन्टरमा आगलागी भएको छ ।

गएराति साढे ९ बजे दीपक अर्यालले सञ्चालन गरेको गिफ्ट ट्रेनिङ सेन्टरमा आगलागी हुदा  ५० लाख रुपैयाँ बराबरको नोक्सानी भएको अनुमान गरिएको छ ।

दमकल र स्थानीयबासिन्दाको सहयोगमा सवा १० बजे आगो निभाइएको प्रहरीले जनाएको छ । प्रहरीका अुनसार विद्युत् सर्ट हुँदा आगलागी भएको हो ।