काठमाडौँ, ९ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सडकमा माग्दैमा राजीनामा नदिने बताएका छन् ।
फुल कोर्ट बहिस्कार गर्नुका साथै इजलासमा नबसेका सर्वोच्च अदालतका न्यायाधीशहरुले मंगलबार प्रधानन्यायाधीश जबरालाई भेटेर मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए ।
तर जबराले भने सडकमा कसैले मागेको भरमा राजीनामा नदिने जवाफ दिएका छन् । ‘विवादमा जो जो छन्, सबैले दिने हो भने सोच्न सकिन्छ, होइन भने सडकमा माग गर्दैमा राजीनामा दिन सकिन्नँ,’ जबराले भनेका छन् । अहिले जबरालाई भेटेका न्यायाधीशहरु छलफलमा छन् ।










प्रतिक्रिया दिनुहोस्