भक्तपुर, ९ कार्तिक । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले केही अराजक तत्वहरुद्वारा भडियो इडिट गरी आफु र पार्टीका अध्यक्ष केपी ओलीविरुद्ध मान मर्दन हुने गरी प्रचार गरीएको भन्दै आक्रोस जनाउनुभएको छ ।
असोज २३ गते राष्ट्रिय युवा संघ नेपाल भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको शुभकामना कार्यक्रममा राख्नुभएको भिडियोलाई इडिट गरी साइवर क्राइम आकर्षित हुने गरी अनर्गल प्रचार गरिएको नेता बस्नेतले बताउनुभयो । असोजमा नै भक्तपुरमा आयोजित एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता बस्नेतलाई लीषत गर्दै भक्तपुरबाट लखेट्नुपर्ने अभिव्यक्ति दिनुभएको थियो । सोही अभिव्यक्तिलाई नेता बस्नेतले काउण्टर गर्दै प्रचण्डको अभिव्यक्ति तथा पछिल्लो समयको गतिविधिले मानसिक विचलन भएको र लगनखेलको पागलखानामा हुने अवस्था आउने भनि अभिव्यक्ति दिनुभएको थियो ।
सोही भिडियोलाई इडिट गरी प्रचण्डको ठाउँमा केपी ओली बनाई सामाजिक सञ्जालमा प्रचार गरी आफ्नो र पार्टी अध्यक्ष ओलीको मान मर्दन गरी साइबर अपराध गरेको नेता बस्नेतले बुझाई रहेको छ । नेता बस्नेतको नीजि सचिव दिनेश थापाले आए एक प्रेस नोट जारी गर्दै उक्त कुराको खण्डन गर्नुभयो । प्रेस नोट जारी गर्दै उक्त भिडियो इडित गरी प्रचार गर्ने तथा अध्यक्ष ओली र आफ्नो मान मर्दन गर्नेलाई कानुनी कारवाही गर्ने चेतावनी समेत दिनुभयो ।
नीजि सचिव थापाले जारी गर्नुभएको प्रेस नोटमा भन्नुभएको छ, ‘नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भक्तपुको कार्यक्रममा आएर एमालेका नेता, भक्तपुर क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य माननीय महेश बस्नेत विरुध्द बोलेको मन्तव्यलाई मिति २०७८ आश्विन २३ गते शनिवार राष्ट्रिय युवा संघ नेपाल भक्तपुर जिल्ला कमिटीद्वारा चुनदेवीको इम्पेरियल पाटी प्यालेशमा आयोजित शुभकामना, चियापान तथा सांस्कृतिक कार्यक्रममा प्रचण्डलाई दिएको जबाफको भिडियोलाई साइबर क्राइम आकर्शित हुनेगरी काट्छाट र एडिट् गरी नियोजित तरिकाले सामाजिक संजालमा शेयर गर्ने खिमराज विष्ट, अनुप ढकाललगायतलाई कार्बाहीको लागि प्रक्रिया अगाडि बढाइएको छ । नेता महेश बस्नेत र श्रद्धेय अध्यक्षको मान मर्दन हुने ढंगले गरिएको यस्ता गलत हर्कत प्रति हाम्रो गम्भीर ध्यान आकर्षण भएको छ । यस्ता गलत नियतका साथ प्रचार प्रसार गर्ने प्रति कानुनी कार्बाहीको जोडदार माग गर्नुको साथै यस्ता साइबर अपराधीहरुले गरेको भ्रममा नपर्नु हुन सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकहरुलाई हार्दिक अनुरोध गर्दछु ।










प्रतिक्रिया दिनुहोस्