राजनीति

आज विश्वासको मत लिँदै मुख्यमन्त्री शाक्य



काठमाडौँ, १० कार्तिक । बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिँदै हुनुहुन्छ ।

बाग्मती प्रदेशसभाको बुधबार बस्ने बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन लाग्नु भएको हो । विश्वासको मत लिनका लागि सबै तयारी भइसकेको पनि बाग्मती प्रदेश सचिवालयले जनाएको छ । असोज २४ गतेको बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मतसम्बन्धी प्रस्ताव टेबुल गर्नुभएको थियो ।

बाग्मतीमा १०९ सांसद रहेका छन् । मुख्यमन्त्रीमा कायमै रहन शाक्यलाई ५५ सांसदको आवश्यकता रहेको छ । तर अहिले नेकपा एमालेसँग ४३ सांसद रहेका छन् । यदी अन्य दलबाट शाक्यलाई साथ नरहे मुख्यमन्त्रीमा रहीरहन मुस्कील पर्नेछ ।