समाचार

आजको मौसम



काठमाडौँ, १० कार्तिक । देशका केही भागमा आज पनि वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र तराईका भू–भागमा सामान्यतया सफादेखि आंशिक बदलीसम्म रहनेछ ।

देशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली र तराईका भू–भागमा सामान्यतया सफादेखि आंशिक बदलीसम्म रहनेछ ।पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

काठमाडौँमा घाम लाग्ने र बादल लाग्ने भइरहे पनि वर्षाको सम्भावना भने छैन । यसैबीच, तापक्रम केही घट्न थालेको छ । आज बिहान काठमाडौँको तापक्रम १३.५ डिग्री सेल्सियस रहेको छ ।

देशका केही स्थानमा हल्का वर्षाको र उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेकाले उक्त क्षेत्रका वासिन्दाले कृषिजन्य कार्य गर्दा  र यात्रा गर्दा आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।