काठमाडौँ, ११ कार्तिक । देशका केही स्थानमा आज पनि वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ । आज गण्डकी र वाग्मती प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको उनको भनाइ छ । आज राति पनि देशभर आंशिक बदली भए पनि सामान्यतया मौसम सफा रहने विभागले जनाएको छ ।
यसैबीच, आज बिहान ६ बजे काठमाडौँको तापक्रम १२.६ डिग्री सेल्सियस रहेको छ । यो बुधबारको तुलनामा केही कम हो । बुधबार काठमाडौंको न्यूनतम तापक्रम १३.५ डिग्री सेल्सियस मापन गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्