चितवन, १२ कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृह जिल्ला चितवनका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताप्रति भने असन्तुष्टि पोखेका छन् ।
आज भरतपुर महानगरले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी रहेका उनले कांग्रेसका नेता तथा कार्यकर्ताप्रति भने असन्तुष्टि पोखेका हुन् ।
‘शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन ठूलो मेहनत गरें, चितवनका कांग्रेस खुसी होलान् भन्ठानेको त प्रचण्ड, रेनुलाई लखेट्छौं भन्ने गरेका रहेछन्,’ प्रचण्डले भने ।
केही समयअगाडि चितवन कांग्रेसका सभापति जितनारायण श्रेष्ठले माओवादीसँग तालमेल नगरिने बताएका थिए भने आफूहरूले भरतपुर महानगरको मेयरमा रेनुलाई जिताए पनि सन्तोषजनक काम गर्न नसकेको बताएका थिए । सभापति श्रेष्ठप्रति लक्षित गर्दै प्रचण्डले देउवालाई प्रधानमन्त्री बनाउन मेहनत गर्दा चितवन कांग्रेस खुसी भए भन्ने ठानेकोमा उल्टै लखेट्छौं भन्ने गरेको बताए ।










प्रतिक्रिया दिनुहोस्