Banner News

कांग्रेस देश ‘भडुवा’ पार्टी हो, प्रचण्ड बर्बराउँदैछन् : अध्यक्ष ओली



काठमाडौँ, १३ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विस २००७ सालदेखि नै कांग्रेस देश ‘भडुवा’ पार्टी भएको बताउनुभएको छ ।

सिन्धुपाल्चोक–काठमाडौँ सम्पर्क मञ्चको शुभकामना आदान प्रदान कार्यक्रममा एमाले अध्यक्ष ओलीले उक्त कुरा उल्लेख गर्नुभयो । ओलीले अर्काको पार्टी भत्काउनेलाई कांग्रेसले बोक्ने गरेको भन्दै आक्रोस समेत जनाउनुभयो । उहाँले भन्नुभयो, “कांग्रेसले सकेन, राजतन्त्रले सकेन, सबै सिद्याएर आएको पार्टीलाई मास्न कुदेका छन् । पार्टी छोडेपछि त चुप लागेर घर बस्नु नी ।”

माधव नेपाल कुदेको देख्दा माया लाग्ने गरेको टिप्पणी गर्नुभएको छ । उहाँले भन्नुभयो, “विचरा माधव नेपाल कुदेको देख्दा माया लाग्छ । कहिले पोखरा, कहिला कता हातमा टोपी लिएर कुदेको देख्दा माया लाग्छ । किन कुदेको थाहा छ ? एमाले मार्न । पार्टीको नाम समाजवादी राख्छन् । समाजवादतिर जान लाग्यो भनेर अरुको पार्टी मास्न लाग्छन् ।’’

अलिक दिनसम्म माधव नेपालले भित्तामा प्वाख टागेँर झुक्याउन आफूलाई एमाले भने भन्दै ओलीले अहिले नेपाल एमाले रहेछन कि रहेनछन् देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “१० बुँदे, जेठ २ को गेट माधव नेपालका लागि बनेका थिए । गेट बनाएपछि फर्किन्छनकि भनेर । ठाउँ चाहियो भने १० बुँदे सहमति गरिसकेपछि मान्दिन भने । १० बुँदेको रचनात्मक ढंगले कार्यान्वयन गर्छौं । जडसुत्रवादीले होइन । मुख्य कुरा पार्टी एकता हो । पार्टी एकताका लागि जे पर्छ गर्छौं । पुष्पकमल दाहाल गुट लिएर गए । अरु एमालेमा छन् । आत्तिएका छन् । बर्बराउँदैछन् । बाइपोलार गढबढी डाक्टरले भनेको । के हो डाक्टरले जान्नुहुन्छ कि प्रचण्डले जान्नुहुन्छ ।”