काठमाडौँ, १३ कार्तिक । नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले वर्तमान सरकार उल्टो बाटोमा हिडेको टिप्पणी गर्नुभएको छ ।
शनिबार संसद भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा नेम्वाङले सदनमा पेश भएका विधेयक फिर्ता लिएर पछिल्लो समय सरकार उल्टो बाटोमा हिडेको टिप्पणी गर्नुभयो । आफूहरुको विरोधकाबीच एक सेकेण्ड पनि सदनको कामकारवाही नरोकिएको स्पष्ट पार्दै नेता नेम्वाङले एमालेका कारण सदनको काम कारवाही रोकियो भन्ने प्रचार निरर्थक रहेको भन्दै आफ्ना कारणले सदनको कामकारवाही नरोकिएको स्पष्ट पानुर्भभयो ।
सरकारले नै कुनै विधेयक नल्याएर सदनलाई कामविहीन बनाएको आरोप लगाउँदै उहाँले सरकारले बिजनेश नदिएका कारण नै सदनले सिन्का भाच्न नसकेको तर्क गर्नुभयो । सदन सञ्चालनमा सभामुखले एमालेप्रति भेदभाव गरेको र कार्यव्यवस्थामा पनि एमालेसँग कुनै छलफल नै नभएको जिकिर गर्दै नेता नेम्वाङले ८८ दिनपछि मात्र पूर्णता पाएको वर्तमान सरकारले जनता र देशप्रति कुनै काम गर्न नसकेको धारणा राख्नुभयो ।










प्रतिक्रिया दिनुहोस्