वीरगञ्ज, १५ कार्तिक । पर्सामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मकवानपुर मनहरी गाउँपालिका-५ बस्ने अन्दाजी ५५ वर्षीय सोमबहादुर राईको मृत्यु भएको हो ।
पर्साको पटेर्वासुगौली गाउँपालिका-१ शीतलपुरस्थित खोलाको बगरमा उनलाई हात्तीले आक्रमण गरेको थियो । कार्तिक १२ गते राति १२ बजे उनलाई जंगली हात्तीले आक्रमण गरे पनि प्रहरीले ढिलो सूचना पाएको थियो । घटनास्थल मुचुल्कापछि शव पोष्टमार्टमका लागि वीरगञ्ज स्थित नारायणी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्