दाङ, १५ कार्तिक । दाङको घोराहीबाट साढे चार लाख बढी नगदसहित जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार घोराही उपमहानगरपालिका वडा नम्बर १४ रझेनामा आइतबार राती एक घरमा छापा मारेर २० जुवाडे पक्राउ गरेको हो ।
रझेनाका २५ वर्षीय यज्ञ खड्काको घरमा अबैध रुपमा जुवा भइरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीले छापा मारेर २० जना जुवाडेसहित चार लाख ६४ हजार आठ सय ८१ रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्