Banner News

अदालतको मामला कानुन क्षेत्रबाट नै टुंगोमा पुर्‍याउनुपर्छ : नेता नेम्वाङ



काठमाडौँ, १५ कार्तिक । नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् संसदीय दलका उपनेता सुवास नेम्वाङले अदालतको मामला कानुन क्षेत्रबाट नै टुंगोमा पुर्‍याउनु पर्ने बताएका छन् ।

नेता नेम्वाङले अदालतको विषयमा राजनीतिक क्षेत्रले हात हाल्न नहुने समेत बताएका छन् । उनले भने, ‘अदालतको कुरामा राजनीतिक क्षेत्रले सारै बढि हात हाल्नु हुँदैन ।’ अदालतको मामला कानुन क्षेत्रबाट नै टुंगोमा पुर्‍याउनुपर्छ, अदालतमा खेलोफड्को गर्नु हुँदैन तर भइरहेको छ ।’

उनले अरु संस्थाहरु बिग्रिए पनि लोकतन्त्रका लागि अदालतको भूमिका निष्पक्ष भएकाले अदालतमाथि विश्वास गर्नुपर्ने बताए । उनले भने, ‘अहिले सर्वोच्चमा जे भइरहेको छ, त्यो सारै दुस्खद र आश्चर्यजनक हो ।’