राजनीति

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै



काठमाडौँ, १७ कार्तिक । नयाँ पार्टी गठनसँगै संगठन निर्माणमा जुटेको नेकपा (एकीकृत समाजवादी)ले सचिवालय बैठक बोलाएको छ ।

बुधबार दिउँसो २ बजे बस्नेगरी सचिवालय बैठक बोलाएको महासचिव डा।बेदुराम भुसालले जानकारी दिए । उनका अनुसार पार्टीले संगठन विस्तार अभियान जारी राखेकाले सोही विषयमा छलफल गर्न बैठक बोलाइएको हो । बैठक पार्टी कार्यालय वा अन्य ठाउँमा बस्ने भन्ने टुंगो लागि नसकेको नेताहरुले बताएका छन् । सो पार्टीले केन्द्र, प्रदेश जिल्ला हुदै पालिका, वडा र टोलसम्म पार्टी कमिटी विस्तार गरिरहेको छ ।