राजनीति

चीनले नेपाललाई दियो थप १६ लाख डोज खोप



काठमाडौँ, १७ कार्तिक । चीनले नेपाललाई १६ लाख डोज साइनोफार्म खोप सहयोग गरेको छ । स्वास्थ्य मन्त्रालयमा बुधबार चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई उक्त परिमाणको खोप हस्तान्तरण गरेकी हुन् ।

चीनबाट हालसम्म पटक-पटक गरी ३४ लाख डोज खोप अनुदानमा आएको छ भने कोभ्याक्स कस्ट सेयरिङ अन्तर्गत ५९ लाख डोज खरिद गरेको छ । जसमध्ये १० लाख २० हजार डोज खोप आइसकेको छ भने अरूआउने प्रक्रियामा रहेको स्वास्थ सचिव रोशन पोखरेलले जानकारी गराए ।

राजदूत यान्छीले चीनको खोप सहयोगले महामारी नियन्त्रणमा सहयोगी हुने समेत बताइन्।