समाचार

१५ लाखसहित ११ जना जुवाडे पक्राउ



काठमाडौं, १८ कात्तिक । कास्कीको माछापुच्छ्रे गाउँपालिकाबाट प्रहरीले रु १५ लाख नगद सहित ११ जना जुवाडेलाई पक्राउ गरेको छ ।

बुधबार माछापुच्छ्रे-२ तातोपानीईन होटलमा  जुवा (तास) खेलिरहेको भन्ने सूचनाको आधारमा गएको प्रहरीले उनीहरुलाई तास खेल्दै गरेका अवस्थामा स्याङ्जाको हरिनाश गाउँपालिका-३ स्यानोकान्लाका २८ वर्षीय कमल भण्डारी, पोखरा-१७ ड्यामसाईडका २३ वर्षीय सरोज श्रेष्ठ, स्याङ्जा पुतलीबजार-२ ज्यामिरेका २८ वर्षीय दीपेश गुरुङ, अर्घाखाँची भूमिकास्थान नगरपालिका-२ का १७ ड्यामसाईडका ३४ वर्षीय दामोदर पौडेल, पोखरा-१७ छोरेपाटनका २६ वर्षीय विनय गुरुङ र पोखरा-१७ छोरेपाटनका ३२ वर्षीय कर्ण के.सीलाई पक्राऊ गरेको हो ।

यसैगरी चितवन भरतपुर महानगरपालिका-१ घर भई पोखरा बसपार्कका ३५ वर्षीय राजु घिमिरे, पोखरा-८ सिमलचौर बस्ने ४३ वर्षीय नारायण सिग्देल, पोखरा-६ बैदामका ४३ वर्षीय राजु कार्की, पोखरा-२६ अर्घौंअर्चलेका ३३ वर्षीय स्वागत रानाभाट र बाग्लुङ नगरपालिका -८ घर भई हाल पोखरा-१७ ड्यामसाईडका ३९ वर्षीय मनबहादुर खड्का छन् ।

पक्राउ परेकालाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्दा शीर्षकमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।