Banner News

प्रधानन्यायाधीशसहित पाचैंजना न्यायाधीशले राजीनामा दिनुपर्छ : नेता पोखरेल



दाङ, १८ कार्तिक । नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासहित पाँच जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका छन् ।

आज दाङको घोराहीमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले न्यायलयमा प्रधानन्यायाधीश राणाले मात्रै गल्ती गरेको जसरी व्याख्या हुनु गलत भएको रहेको र प्रधानन्यायाधीशसँगै पाँचैजनाको राजीनामा आउनुपर्ने बताएका हुन्  ।

प्रधानन्यायाधीश राणाले सरकारमा भाग खोजेपछि उनको राजीनामा माग भइरहेको छ । प्रधानन्यायधीशको राजीनामा माग गर्दै करिब एक सातादेखि न्यायाधीशहरू इजलास बसेका छैनन् । संसद, कार्यपालिका र न्यायपालिकामाथिको जनविश्वास गुमेको भन्दै बारका बकिलहरुले पनि प्रधानन्यायाधीश राणाको राजीनामा माग गरिरहेका छन् ।