भक्तपुर, १९ कार्तिक । नेपाली कांग्रेसका जिल्ला सभापतिले १७ गते सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डुमा दिएको अभिव्यक्ति प्रति एमाले वडा कमिटीले विज्ञप्ती जरी गर्दै कडा शब्दमा आत्पत्ती जनाएको छ ।
सभापति थापाले उक्त दिन एमाले, एमालेका जानाप्रतिनिधि तथा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको विरुद्धमा पार्टी तथा व्यक्तिगत जीवनमा समेत असर पर्ने गरी अभिव्यक्ति दिनुभएको थियो । अरुलाई आरोप लगाई आफु चर्चामा आउन खोजेको भन्दै एमालेले सभापति थापालाई आरोप प्रमाणीत गर्न चुनौति दिएको छ । आरोप प्रमाणीत गर्न नसके सभापति थापालाई जस्तोसुकै प्रतिवाद गर्ने समेत एक विज्ञप्ती मार्फत चेतावनी दिएको छ ।
एक कार्यक्रममा नगर कमिटी अध्यक्ष रविन्द्र सापकोटाले कांग्रेस सभपाति थापाले आफ्नो स्वार्थ पुरा गर्न र चर्चामा आउन गतिछाडा अभिव्यक्ति दिएको भन्दै आक्रोस जनाउनुभयो । सभापति थापाको अभिव्यक्तिका विरुद्धमा आम गुण्डुका जनता रहेको उल्लेख गर्दै अध्यक्ष सापकाटोले अबका दिनमा कांग्रेसको हिसाव किताव एमाले र जनताले राम्रैसँग गर्ने चेतावनी दिनुभयो ।
विज्ञप्ती











प्रतिक्रिया दिनुहोस्