समाचार

बसको छतबाट खसेर एक जनाको मृत्यु



सल्यान, १९ कार्तिक । बसको छतबाट खसेर घाइते भएका सल्यानका एक ब्यक्तिको दाङमा उपचारका क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार सल्यानको शिद्धकुमाख गाउँपालिका वडा नं. ३ का ३४ वर्षीय रविन्द्र बोहोरा बिहीबार बेलुका ६ बजेतिर समान झार्ने क्रममा बसको छतबाट खसेर गम्भीर घाइते भएका थिए ।

उनको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राति ११:२० बजे मृत्यु भएको हो । सल्यानको श्रीनगरबाट तिहारको लागि किनमेल गरेर गएका बोहोरा घरमा पुगेपछि सामान झार्ने छतमा चढेको समयमा त्यहीँबाट लड्न पुगेको प्रहरीले जनाएको छ ।