समाचार

बस दुर्घटना हुँदा ८ जनाको मृत्यु



सल्यान, २१ कार्तिक । सल्यानमा दाङ जाँदै गरेको बस दुर्घटना भएको छ । दुर्घटनामा ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका खलंगाबाट दाङको तुलसीपुर जाँदै गरेको रा१ख २५५२ नम्बरको बस आज बिहान ११ बजेतिर कपुरकोट गाउँपालिका-५ स्थित खारखोलामा दुर्घटना भएको हो ।