आज मिति २०७८ साल कात्तिक २२ गते सोमबार । इश्वी सन् २०२१ नोभेम्वर ८ । शकसंवन् १९४३ । नेपाल संवत् ११४२ कछलाथ्व । राक्षस दक्षिणायन । शरद । कात्तिक शुक्लपक्ष । तिथि चतुर्थी, १८:१६ बजे उप्रान्त पञ्चमी । नक्षत्र मुल, २४:२८ बजे उप्रान्त पूर्वाषढा योग । सुकर्मा , २१: २९ बजे उप्रान्त धृति । करण वण्जि ७:२७ बजेदेखि भद्रा, १८:१६ बजे उप्रान्त तैतिल । चन्द्रराशि आनन्दादि योग । दिनमान २७:१३ । सुयोदय ६:२० । सुर्योस्त १७:१३ ।
मेष : कार्यमा सफलता मिल्नेछ । विशेष योजनाहरू बन्नेछन् धार्मिक कार्यमा सहभागी भइनेछ ।स्वास्थ्यले साथ दिनेछ ।
वृष : आर्थिकरूपले समृद्धि हुनेछ । अध्ययनमा रुचि जाग्ने छ । प्रेमिकासहयोग प्राप्त हुने छ । मध्यान्हदेखि टाउको सम्बन्ध समस्या आउने देखिन्छ ।
मिथुन : अध्ययन अध्यापनमा सफलता मिल्नेछ नयाँ कामको थालनी गर्ने अवसर मिल्नेछ । सामान्य विवाद उत्पन्न हुनेछ ।
कर्कट : पारिवारिक किचलो बढ्नेछ पेट सम्बन्धी समस्या आउनेछ । खानपानमा विचार गर्नु होला रोकिएका कार्य बन्नेछन् ।
सिंह : उत्साह उमङ्ग बढ्नेछ । पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । बोलीको प्रभाव रहनेछ । नयाँ मित्रजनको आगमन हुनेछ ।
कन्या : मनोरञ्जनका साथ(साथै अध्ययनमा पनि सफलता प्राप्ति हुनेछ । शत्रु परास्त हुनेछन । हनुमान चालिसा पाठ श्रवण गर्नु राम्रो हुनेछ।
तुला : आर्थिक संकटको अवस्था आउने देखिन्छ व्यवहार गर्दा संयमित हुनुहोला । सन्ध्याकालमा प्रेम प्रस्ताव आउने छ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ ।
वृश्चिक : वैदेशिक कार्यमा सफलता मिल्नेछ। मित्रजनसंग नयाँ कार्यको थालनी गरिने छ । पारिवारिक मेल मिलन तथा घुमघाममा सहभागि भइनेछ ।
धनु : स्वास्थ्यको कारणले महत्वपूर्ण कार्य रोकिनेछ । महामृत्युञ्जय मन्त्रको श्रवण गर्नु होला । मध्यान्ह देखि व्यपार व्यवसायमा सफलता मिल्नेछ ।
मकर : बोलीको प्रभाव बढ्नेछ रोकिएका कार्य बन्नेछन् । लामो यात्रा गरिनेछ । यात्रामा सामान्य समस्या आउने छ प्रेम प्रेमिका विच विवाद मिल्नेछ ।
कुम्भ : सामान्य कुरामा पनि दूलो विवाद उत्पन्न हुनेछ । कम बोल्नुहोला । आर्थिक समृद्धि रहनेछ । महत्व पूर्ण सामाग्री हराउने देखिन्छ ।
मीन : वैदेशिक कार्यमा झन्झट उत्पन्न हुनेछ । कुकुरलाई रोटिमा तिलराखेर खानदिनाले शत्रु परास्त हुनेछन । प्रेम प्रेमिका विच विवाद उत्पन्न हुनेछ । अध्ययशील व्याक्तिको लागि राम्रो समय छ ।
अर्जुनप्रसाद न्यौपाने










प्रतिक्रिया दिनुहोस्