समाचार

ट्रकको ठक्करबाट एक जनाको मृत्यु



मकवानपुर, २३ कार्तिक । मकवानपुरको नवलपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने हेटौंडा उपमहानगरपालिका वडा नम्वर–११ नवलपुरस्थित हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको बागमती प्रदेश ३००४ प ७१९१ नम्वरको मोटरसाइकललाई ना ७ ख ८८१ नम्वरको लहरी ट्रकले आज बिहान ठक्कर दिँदा मोटरसाइकल चालक युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१२ निवासी २० बर्षीय सुसान्त पुडासैनी रहेका छन । ट्रकको ठक्करबाट पुडासैनीको घटनास्थलमै मृत्यु भएको र पुडासैनीको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । ट्रकका चालक लमजुङ घर भएका बर्ष ४९ को पूर्णबहादुर भुजेललाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको प्रहरीको भनाई छ ।