काठमाडौँ, २४ कार्तिक । केन्द्रीय तथ्यांक विभागले दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा जनगणना गर्न भारतले अनुमति नदिए अनुमानका आधारमा गर्ने बताएको छ ।
विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार सो क्षेत्रमा गणकहरुको उपस्थितिमा जनगणना गर्न परराष्ट्र मन्त्रालयमार्फत भारतसँग समन्वय भइरहेको तर भारतले अनुमति नदिए अनुमानका आधारमा गर्नुपर्ने बताएका हुन् ।
‘परराष्ट्र मन्त्रालयमार्फत भारतले दिएमा फिजिकल्ली गर्छौ, गर्न नसके अन्य स्रोतमा आधारित रहेर गरेको प्रक्षेपणमा ७ देखि ८ सय जनसंख्या रहेको अनुमान छ, स्याटालाइट प्रयोग गरेर, घर गनेर, औसत निकालेर अनुमान गर्न सक्छौं’ उनले भने










प्रतिक्रिया दिनुहोस्