समाचार

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ



काठमाडौँ, २५ कार्तिक । उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यसपालिको छठ पर्व सकिएको छ । आराध्यदेव सूर्यको उपासना गरी मनाइने पर्व छठ बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकिएको हो ।

उदाउँदो सूर्यलाई अर्घ्य दिन काठमाण्डाैसहित तराईका विभिन्न जिल्लामा भक्तजन नदी, तलाउ र पोखरीका किनारमा रातभर जाग्राम बसेका थिए ।

छठको मूख्य दिन हिजो अस्ताउँदै गरेको सूर्य तथा षष्ठी मातालाई अर्घ्य दिएका भक्तजनले आज उदाउँदो सूर्यको पूजा आराधना गरेका हुन् । उदाउँदो सूर्यको पूजा आराधना गर्न काठमाण्डाैमा गुह्येश्वरी, गहनापोखरी, कमलपोखरीलगायत तराई मधेसका  ऐतिहासिक गंगा सागर, पोखरी, तथा नदी तलाउमा  तलाउमा  व्रतालुहरुको घुइँचो लागेको थियो ।