विश्व

तालिबान शासनमा खुम्चँदो अफगानी महिला अधिकार: विश्व समुदायको मौनताप्रति आलोचना



एजेन्सी, २५ कार्तिक । तालिबान शासनमा खुम्चँदो अफगानी महिला अधिकार प्रति विश्व समुदायको मौनतामा अफगानी महिलाहरूले आलोचना गरेका हुन् ।

तोलो न्युजका अनुसार अफगानी महिलाहरूको अधिकारका विषयमा विश्व समुदाय यसरी मौन रहन हुँदैन । मानव अधिकार सङ्गठनहरू र संयुक्त राष्ट्र सङ्घ प्रति लक्षित गर्दै अफगानी महिलाहरूले काबुलमा नै प्रदर्शन सुरु गरेका छन् । तालो न्युजका अनुसार तालिबान शासन अन्त्रगतका २ महिना भन्दा बढी बित्दा सम्म पनि अफगानी महिलाहरू रोजगारमा फर्कन पाएका छैनन् र अफगानी छोरीहरू विद्यालय फर्कन पाएका छैनन् । आरिफा फतिमी एक जना अफगानी महिला र प्रदर्शनकी सहभागी थिइन, यिनलाई उद्धृत गर्दै तोलो न्युजले अफगानी महिलाहरूको अधिकार प्रति विश्व समुदायलाई पनि जवाफदेहि बनाउन यस प्रदर्शन गरिएको हो भनी प्रकाशन गरेको छ ।

मर्जन अमिरी अर्की सहभागीले चाहिँ आधा जनसख्याँ ढाक्ने महिलाहरूलाई बन्देजमा राखिएको बताएकी थिइन ।