राजनीति

एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक



काठमाडौँ, २५ कार्तिक । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक शुक्रबारका लागि बोलाइएको छ ।

बैठकले पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले शुक्रबार बस्ने बैठकले कात्तिक २७ र २८ गते बस्ने केन्द्रीय कमिटीको बैठकका प्रस्तावहरू अनुमोदन गर्ने जानकारी दिनुभयो । बैठक नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्नेछ ।

उहाँका अनुसार नेकपा एमाले सहितका विभिन्न कम्युनिष्ट पार्टी परित्याग गरी पार्टी प्रवेश गरेका तथा प्रवेश गर्ने तयारीमा रहेकाहरूलाई जिम्मेवारी र भूमिकाबारे पनि स्थायी कमिटी बैठकले मापदण्ड बनाएर केन्द्रीय कमिटीमा पेश गर्ने छ ।