काठमाडौँ, २५ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन प्रतिनिधि निर्वाचन कार्यतालिका सरेको छ ।
बिहीबार बसेको पार्टीका अध्यक्षत्रयको बैठकले महाधिवेशन प्रतिनिधिको निर्वाचन ३ देखी ५ मंसिरमा गर्नेगरी कार्यतालिका परिमार्जन गरेको हो । बैठकले राप्रपाले सक्रिय सदस्य वापतको रकम जम्मा गर्ने समयावधि २८ कात्तिकसम्म थप गरेको छ । तोकिएको अवधिमा शुल्क नबुझाउने व्यक्तिको सदस्यता स्वतः खारेज हुने निर्णयसमेत भएको केन्द्रीय सचिवालय प्रमुख भास्कर भद्राले जानकारी दिनुभयो ।
सचिवालयले २९ कात्तिकभित्र केन्द्रीय निर्वाचन समितिलाई सक्रिय सदस्यहरूको नामावली उपलब्ध गराउन निर्देशन दिइएको छ । केन्द्रीय निर्वाचन समितिले ३० गते जिल्लामा सक्रिय सदस्यहरूको नामावली पठाउने र १–२ मंसिरमा सक्रिय सदस्यहरूको नामावलीमा दावी विरोध गर्ने समय दिइएको छ । यसपछि ३९५ मंसिरसम्म प्रतिनिधि चयन हुनेछ ।










प्रतिक्रिया दिनुहोस्