समाचार

आजको राशिफल



आज मिति २०७८ साल कात्तिक २६ गते शुक्रबार । इश्वी सन २०२१ नोभेम्बर १२ । शकसंवत् । नेपाल संवत् ११४२ । कछलाथ्व । राक्षस दक्षिणयन । शरद । कात्तिक शुक्लपक्ष । तिथि अष्टमी, १०:४३ बजे उप्रान्त नवमी । नक्षत्र धनिष्ठा, २०:०३ बजे उप्रान्त शतभिष । योग वृद्धि , १०:३८ बजे उप्रान्त ध्रुव । करण वव १०:४३ बजेदेखि वालव, २२:०८ बजे उप्रान्त गर । चन्द्रराशि मकर । आनन्दादि योग । धाता । दिनमान २७:०० सुर्योदय ६:२३ । सुर्यास्त १७:११ ।

मेष : स्वास्थ्यमा समस्या आउनसक्छ । पारिवारिक प्रेमभाव हुने छ । मित्रबन्धुको मिलनले उत्साह थपिने छ यात्राको सुरुवात गरिने छ ।

वृष: कार्य सफलता तथा आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने योग रहेको छ । शत्रुद्वारा कार्यवाधा गरान खोज्नेछन् । हनुमानको सेवा आरधना गर्नु होला ।

मिथुन: लामो दुरिको यात्रा गरिनेछ । सोचेअनुसार कार्य बन्नाले मनमा उमङ्ग थपिने छ । प्रेमप्रेमिका विच मनमुटाव हुन सक्ने देखिन्छ । बोल्दा विचार गर्नुहोला ।

कर्कट: पारिवारिक समस्या तथा आर्थिक अभाव हुनाले मनमा अनेकौ कुरा खेल्नेछन् । विद्यार्थी वर्गको लागि भने अतिनै राम्रो समय रहेकोछ । राजनैतिक प्रतिस्पर्धा हुने छ ।

सिंह : बोलीको प्रभाव बढ्नेछ रोकिएका कार्य बन्नेछन् । दाजुभाई संगको सम्बन्धमा भने केहि टकराव हुनसक्नेछ मर्यादित हुनु राम्रो हुने छ । मध्यान्हपछि स्वास्थ्यमा केहि समस्या आउने देखिन्छ ।

कन्या : बुवाआमा संग छुट्टिएर लामो यात्रा हुने छ । अध्ययनमा सफलता मिल्नेछ । दुषित भोजनका कारण स्वास्थ्यमा समस्या आउने छ । सन्ध्याकालमा झुटो आरोप लाग्न सक्ने छ ।
तुला : मनमा अनेकौ प्रकारका योजनाहरु बनाईनेछ तर आर्थिक अभावका कारण सबै रोकिनेछन् स्वास्थ्यमा निकै ध्यान दिनुहोला मित्रसहयोग रहनेछ गाई वा चरालाई केहि खानेकुरा दिनु राम्रो हुनेछ ।

वृश्चिक : व्यपार व्यवसाय देखि आर्थिक समृद्धि हासिल गरिने छ । उच्च तहको पद प्रतिष्ठा मिल्ने छ । केहि शत्रु बढ्ने भएता पनि नोक्शानी भने हुने छैन ।

धनु : स्वास्थ्यमा सुधार आउनेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला परिवारजनसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ । विशेष योजनाहरू बन्नेछन् ।

मकर : व्यापार व्यवसाय सञ्चालन गर्ने तयारी भइरहेको छ । सरकारको तर्फबाट धन्यवादको पात्र भईने छ । विद्याथी वर्गको लागि राम्रो समय रहने छ ।

कुम्भ : रोकिएका काम बन्नाले उत्साह थपिनेछ । पारिवारिक भेटघाटले खुसियाली साटासाट हुने छ । अध्यनको लागि यात्रा गरिने छ । प्रेम मिलन हुनाले दिन रमाइलो संग बित्ने छ ।

मीन : अध्ययनको इच्छा अनुसार आर्थिक अभाव हुदाँ रोकिने छ । विश्वासिलो मित्रदेखि धोका पाईने छ भने मध्यान्ह देखि केहि सुखद् समाचार सुन्न पाईने छ ।

अर्जुनप्रसाद न्यौपाने