काठमाडौँ, २६ कार्तिक । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहेको छ ।
दिउँसो देशको प्रदेश न १ र प्रदेश न २ का भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा आंशिक बदली रहने छ । राती प्रदेश न १ र प्रदेश न २ लगायत अन्य प्रदेशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने छ । वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
शनिबार दिउँसो देशको पहाडी भागमा आंशिक बदली र बाँकी भागमा मौसम सामान्यतया सफा रहने छ। राती देशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने छ।










प्रतिक्रिया दिनुहोस्