झापा, २६ कार्तिक । झापाको कमल गाउँपालिका–५ स्थित लभडाँडा सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र१–०२–०४१प २००० नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा कमल–५ का २४ वर्षीय डिल्लीराम शाहीको मृत्यु भएको हो ।
दुर्घटनामा शाहीको टाउकामा चोट लागेको शाहीको उपचारका क्रममा मृत्यु भएको हो । सो दुर्घटनामा पछाडि सवार घाइते इटहरी–२० का २५ वर्षीय रुपम तामाङको भने उपचार भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्