Banner News

मुख्यमन्त्री र मन्त्रीले विवादास्पद काम गरेको सुन्नु नपरोस्: अध्यक्ष नेपाल



काठमाडौँ, २७ कार्तिक । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीका तर्फबाट सरकारमा गएका मुख्यमन्त्री र मन्त्रीहरुलाई नैतिकता र आचरणमा रहेर जनताको सेवामा समर्पित हुन निर्देशन दिनुभएको छ ।

शनिबारबाट ललितपुरको हेरिटेज गार्डेनमा सुरु भएको पार्टीको दोस्रो पूर्ण केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीका मुख्यमन्त्री र मन्त्रीहरुलाई उक्त निर्देशन दिँदै टोल र वडासम्म पार्टी संगठन विस्तार गर्न निर्देशन दिँदै सोही अनुसार मूल्याङ्कन गरिने बताउनुभयो । अध्यक्ष माधवकुमार नेपालले पार्टीका नेता,मन्त्री, मुख्यमन्त्री र कार्यकर्ताहरूले पालना गर्नुपर्ने आचरणका बारेमा निर्देशन दिनुभयो ।

अहिलेको लडाइँ दक्षिणपन्थी र प्रतिगमन विरुद्ध भएको उल्लेख गर्दै अध्यक्ष नेपालले कम्युनिष्टहरू सकारात्मक सोचका साथ अघि बढ्नुपर्ने बताउनुभयो । अहिले आफुहरूको लडाई दक्षिणपन्थी र प्रतिगमन विरुद्ध भएको बताउनुभयो । आगामी चैत महिनामा हुने स्थानीय तहको निर्वाचनमा सबै तहमा उम्मेदवारी दिने भन्दै त्यसको तयारी गर्न समेत नेता कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो ।

केन्द्रीय सदस्यहरुलाई अध्यक्ष नेपालले शपथ गराउनुभयो । एकीकृत समाजवादीले ३३५ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएपछि शनिबार पहिलो बैठक बसेको हो । सपथ ग्रहणपछि