आज मिति २०७८ साल कात्तिक २८ गते आईतबार । इश्वी सन् २०२१ नोभेम्बर १४ । राक्षस दक्षिणयन । शरद । कात्तिक शुक्लपक्ष । तिथि दशमी, ९:०३ बजे उप्रान्त एकादशी । नक्षत्र पूर्वभाद्रपदा २० :०३ बजे उप्रान्त उत्तरभाद्रपदा ।योग व्याघात ६:५२ बजेदेखि हर्षण, २९:३४ बजे उप्रान्त सिद्धि । करण गर ९:०३ बजेदेखि वणिज, २०:५ बजे उप्रान्त । चन्द्रराशि कुम्भ आनन्दादि योग चर । दिनमान २६ :५३ । सुर्योदय ६ :२५ , सुर्योस्त १७ :१० ।
मेष : मनोरन्जनात्मक कार्यक्रम सहभागी भईने छ स्वास्थको ख्याल गर्न होला विद्यार्थी राजनीतिबाट अगाडी बढिने छ सन्ध्याकालदेखि आर्थिक अभाव हुने छ।
वृष : अध्ययन अध्यापको लागि यात्रा गरिने छ सामान्य कुरामा पनि विवाद उत्पन्न हुनेछ पति पत्नीको सम्बन्ध विग्रन सक्नेछ व्यपारी वर्गको लागि भने राम्रो समय रहने छ ।
मिथुन : स्वास्थ्यको कारणले यात्रामा समस्या ल्याउने छ । मित्रजनले धोका दिनाले मनमा खिन्नता छाउने छ मध्यान्ह देखि आर्थिक सुधार हुने छ ।
कर्कट : अध्ययन अध्यापन क्षेत्र राम्रो रहनेछ । पुराना मित्रमिलन हुनाले दिन उमङ्गका बित्नेछन् । प्रेम सम्बन्ध अगाडी बढ्नेछ ।
सिंह : सोचे अनुरूप कार्य सम्पन्न हुनेछ । शक्तिशाली व्यक्तिको मिलन भेटघाट हुनाले हिम्मन बढ्ने छ । राजनैतिक झुटो आरोप लाग्नेछ बोल्दा निकै विचार गर्नुहोला ।
कन्या : आर्थिक अभाव हुनाले पारिवारिक समस्या बढ्नेछ । विद्यार्थी जीवन सफल हुनेछ स्वास्थले भने यात्रामा साथ दिनेछ ।
तुला : पारिवारिक अनावश्यक विवाद बढ्ने छ । व्यपार व्यवसायको लागि यात्रा गरिनेछ । प्रेमिकाको सहयोगले भने मनमा उत्साह थपिनेछ ।
वृश्चिक : कार्य व्यस्तताले महत्त्वपूर्ण भेटघाट रोकिने छ । समय अनुसार कार्य गर्नुहोला राजनैतिक सफलता हासिल हुनेछ । वैदेशिक कार्यमा सफलता मिल्नेछ ।
धनु : आर्थिक तथा सामाजिक लाभ हुनेछ । नसोचेको यात्रा गर्ने अवसर प्राप्त हुनेछ पुराना साथीभाइसँग भेटघाट हुनेछ । सन्ध्याकालमा टाउको सम्बन्धी समस्या आउने देखिन्छ ।
मकर : प्रेमप्रेमिका विच नयाँ सम्बन्ध अगाडी बढ्ने छ । विद्यार्थी वर्गकोलागि राम्रो दिन हुनेछ । आय आर्जना श्रोतहरु बढ्ने छन् । शत्रु बढ़ने छन् सजक रहनु होला ।
कुम्भ : वैदेशिक यात्रा तथा कार्य सम्पन्न हुने छन् । महत्वपूर्ण भेटघाट हुनेछ भने आर्थिक केहि कठिनायी आउने छ । समयमै विचार गर्नुहोला।
मीन : बोलीको प्रभावले असम्भव कार्यपनि सम्पन्न हुने छन् । मनोरञ्जनका साथ दिन बित्ने छ । प्रेम प्रेमीसंग घुमघाम दिन बित्ने छ । सन्ध्यापछि भने दुखद् समचार सुन्नाले मनमा खिन्न हुने छ।
अर्जुनप्रसाद न्यौपाने










प्रतिक्रिया दिनुहोस्