काठमाडौँ, १ मंसिर । सरकारले पहिलो ई पासपोर्ट (विद्युतीय राहदानी) शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान गरेको छ ।
आज त्रिपुरेश्वरस्थित राहदानी विभागमा आयोजित कार्यक्रममा परराष्ट्र मन्त्री डा.नारायण खड्काले शताब्दीपुरुष जोशीलाई ई पासपोर्ट प्रदान गरेका हुन ।
सरकारले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लाई विस्थापित गर्ने गरी ल्याएको ई पासपोर्ट बनाउन बुधबारदेखि नै अनलाइन बुकिङको व्यवस्था गरेको राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले जानकारी दिए ।
डिसेम्बरको १०/१२ तारेखसम्म प्रणालीमा देखिएका प्राविधिक समस्या हल गरेर ई पासपोर्टमात्र वितरण गरिने उनको भनाइ छ । ई पासपोर्टको अनलाइन बुकिङका लागि लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्