जनकपुर, २ मंसिर । प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव आफ्नै गाउँमा नेपाली काँग्रेसकै कार्यकर्ताबाट लखेटिएका छन् ।
कार्यकर्ताले हातपातको प्रयाश गरेपछि मन्त्री यादव भागेर प्रहरीको शरणमा पुग्नुपरेको छ । मन्त्री यादव नेपाली काँग्रेसको वडा अधिवेशनका लागि मुखियापट्टी मुसहरनिया गाउँपालिका पुगेका थिए ।
वडा अधिवेशनमा हस्तक्षेपको प्रयास गर्दा कार्यकर्ताहरु हातपातको प्रयास गरेको स्थानीय एक नेताले बताए । ती नेताका अनुसार हातपातको प्रयास भएपछि मन्त्री यादव भागेर प्रहरी चौकी बहेडाबेला पुग्नुभएको हो । हातपातमा उत्रेका कार्यकर्ताहरुले र पार्टी उपसभापति विमलेन्द्र निधिको समर्थनमा नाराबाजी समेत गरेका छन् ।
काँग्रेस संसदीय दलका नेता समेत रहेका मन्त्री यादव विगतमा उपसभापति निधिनिकट नै थिए । उनले अहिले निधीको साथ छाडेका छन् ।










प्रतिक्रिया दिनुहोस्