Banner News

२९९ जनामा कोरोना संक्रमण, २६० जना डिस्चार्ज



काठमाडौँ, २ मंसिर । थप २ सय ९९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख १८ हजार ३ सय ७ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ७ हजार ६ सय ४२ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज २ सय ६० जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ९९ हजार १ सय ७६ जना रहेको छ । आज ६ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ४ सय ८९ जना पुगेको छ ।