राजनीति

राप्रपाले फेरि सार्यो महाधिवेशन



काठमाडौँ, ३ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशनको मिति फेरि सारेको छ ।

पार्टीका अध्यक्षत्रय पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनी र कमल थापाबीच भएको बैठकले महाधिवेशन सारेको हो । राप्रपा केन्द्रीय सचिवालय प्रमुखद्वय भास्कर भद्रा र ध्रुव बहादुर प्रधानले विज्ञप्ति जारी गर्दै बिहीबार महाधिवेशनको नयाँ मिति सार्वजनिक गर्नुभएको हो ।