काठमाडौँ, ३ मंसिर । आज सिख धर्मावलम्बीले गुरु नानकको जन्मजयन्ती मनाउँदै छन् ।
हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको दिन धार्मिक एवं सामाजिक कार्यक्रम गरी गुरु नानकको जन्मजयन्ती मनाउने गरिन्छ ।
भारतको पन्जाब प्रान्तमा सबैभन्दा पहिले सिखको सुरुवात भएको मानिन्छ । सन् १४६९ मा जन्मिएका गुरु नानकको शिक्षाकै आधारमा सिख धर्मको सुरुवात भएको हो ।
नेपालका विभिन्न ठाउँमा सिख धर्मावलम्बीले गुरुद्वारा बनाएका छन् । आजको दिन विशेष भजनकीर्तन गरिन्छ । गुरुनानक जयन्तीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायतले शुभकामना सन्देश दिएका छन ।










प्रतिक्रिया दिनुहोस्