राजनीति

कांग्रेस प्रदेश क्षेत्रीय अधिवेशन, देउवाकै जिल्लामा ‘विधान विपरीत’: पञ्चे शैली अपनाएको भन्दै आक्रोश



काठमाडौँ, ४ मंसिर । कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा कांग्रेसको क्षत्रीय अधिवेशन पार्टीको विधान विपरित गरिएको छ ।

शुक्रबार प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन क्षेत्रीय सभापतिको उपस्थिती विना नै अधिवेशन गरिएको छ । त्यहाँका दुईवटै प्रदेशसभा निर्वाचन क्षेत्रीय सभापति भने केन्द्रीय कार्यालयमा अनशनरत छन् । डडेलधुरा कांग्रेसका जिल्ला सभापति कर्णबहादुर मल्लसहित प्रदेशसभा (क) का सभापति मानबहादुर बुढामगर र प्रदेशसभा (ख)का सभापति करुणाकर भट्ट बुधबारदेखि सानेपामा रिले अनशनमा रहनुभएको छ ।

उहाँहरूको प्रश्न छ– सभापतिको अनुपस्थितिमा अधिवेशन गर्ने प्रावधान कांग्रेसको कुन विधानमा छ ? सभापतिको अनुपस्थितिमा प्रदेशसभा (क) र (ख)मा जिल्ला सचिवद्वय क्रमशः हेमराज चटौत र लक्ष्मीदत्त अवस्थीले अधिवेशनको अध्यक्षता गर्नुभयो  । सभापति भट्टले भन्नुभयो, ‘हामी सभापतिसहित सिंगो कार्यसमिति यता ( काठमाडौँ) छौं, उता (डडेलधुरामा) पञ्चे शैलीमा अधिवेशन भएको छ । वडा र पालिकामा पनि अवैधानिक रूपमा अधिवेशन भएका छन् ।’