Banner News

२४२ जनामा कोरोना संक्रमण, ४४४ जना डिस्चार्ज



काठमाडौँ, ४ मंसिर । थप २ सय ४२ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख १८ हजार ७ सय ८७ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ७ हजार ३ सय ३ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ४ सय ४४ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ९९ हजार ९ सय ८९ जना रहेको छ । आज १ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ४ सय ९५ जना पुगेको छ ।