समाचार

गुडिरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु



दाङ, ६ मंसिर । गुडिरहेको ट्याक्टरबाट खसेर दाङमा एक जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार शान्तिनगर गाउँपालिका वडा नम्बर २ का २२ वर्षीय लोकबहादुर वलीको आइतबार बेलुकी लु ४ त ७७७१ नम्बरको ट्याक्टरबाट खसेर मृत्यु भएको हो ।

उनी स्थानीय बहुला खोलामा ढुंगा लोड गर्न गएका थिए । ट्याक्टर चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।