समाचार

काठमाडौँ उपत्यकामा थप १७० जनामा कोरोना पुष्टि



काठमाडौँ, ६ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १७० जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा१२४, भक्तपुरमा २० र ललितपुरमा ३६ गरी १७० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या एक हजार ५६० पुगेको छ ।