Banner News

२१३ जनामा कोरोना संक्रमण, ३२५ जना डिस्चार्ज



काठमाडौँ, ११  मंसिर । थप २ सय १३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २० हजार ७ सय २४ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ७ हजार १ सय ५६ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ३ सय २५ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८ लाख २ हजार ४७ जना रहेको छ । आज ३ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ५ सय २१ जना पुगेको छ ।