Banner News

२५५ जनामा कोरोना संक्रमण, २५६ जना डिस्चार्ज



काठमाडौँ, १४ मंसिर । थप २ सय ५५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २१ हजार ३ सय ६६ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ६ हजार ९ सय ३१ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज २ सय ५६ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८ लाख २९ सय ९ जना रहेको छ । आज २ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ५ सय २६ जना पुगेको छ ।